उपन्यास विमोचनमा सभामुख र मन्त्रीहरु जिल्ल


काठमाडौं । साहित्यीक कृति प्रकाशन भएपछि त्यसलाई सार्वजनिक गर्दा अतिथिहरु मख्ख पर्छन् । तर यहाँ उपन्यास विमोचन गर्दा प्रमुख अतिथि, अतिथिहरु जिल्ल भएका छन् ।

Blog Post Ad

पत्रकार एवं उपन्यासकार सविन प्रियासनले प्रकाशन गरेको उपन्यास ब्रेकअप डायरीको विमोचन गर्दा प्रमुख अतिथि सभामुख कृष्णबहादुर महरा, विष्ठि अतिथि सञ्चारमन्त्री गोकूल बास्कोटा, ४ नम्वर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, युवा नेता योगेश भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलगायतका अतिथिहरु जिल्ल परेका छन् । प्रमुख अतिथि, अतिथिहरु जिल्ल पुर्नको पछाडि अरु केही कारण नभएर एक महिना अगाडी प्रियासनले लक्कीचार्म उपन्यास प्रकाशन गरेका थिए ।

Blog Post Ad

सो उपन्यासको विमोचन सभामुख महराले गरेका थिए । महरालगायत सबै अतिथिहरु प्रियासनले भव्य कार्यक्रमको मौका छोपेर पुरानै उपन्यास विमोचन गराउन लाग्यो भनि जिल्ल परेका थिए । तर जब अतिथिहरुको हातमा नयाँ उपन्यास प¥यो अनि सभामुख महरालगायत सबैले प्रियासनले कति लेख्न सकेको भन्दै जिब्रो टोक्न बाध्य भए ।


यसवर्ष प्रियासनले तीन वटा उपन्यास निकालेर ह्याट्रिक गरेका छन् । प्रियासनले केहीदिन अगाडी बजारमा ल्याएको ब्रेकअप डायरी उपन्यासले यतिबेला व्यापक चर्चा पाएको छ । नेपाल पत्रकार महासंघको पोखरामा आयोजित केन्द्रीय साधारणसभामा बिमोचन भएको ब्रेकअप डायरीले विशेषगरी युवाहरुको मन जितको छ । प्रियासनको ब्रेकअप डायरी उपन्यासले प्रकाशन भएको एकसाता नपुग्दै एकहजार बढि बिक्री भैसकेको उपन्यास प्रकाशन संस्था बिएन पुस्तक संसार प्रालिले जनाएको छ ।

युवा लक्षित ब्रेकअप डायरी उपन्यासमा युवाहरुलाई सही बाटोबाट अगाडी बढ्नका लागि उपन्यास फलदायी हुने भएकै कारण पाठकहरुको रोजाईमा ब्रेकअप परेको बिएनका सञ्चालक सूर्य बिसीको भनाइँ छ । प्रेम होस वा अन्य कुनै पनि क्षेत्रमा ब्रेकअप हुँदा आफूलाई कसरी सम्हाल्ने, जिन्दगीमा कसरी अगाडी बढ्ने भन्ने सन्देश बोकेको ब्रेकअप डायरी उपन्यासकार प्रियासनको आठौ औपन्यासिक कृति हो । यस वर्ष प्रियासनले लक्कीचार्म, सेल्फी जस्ता चर्चित उपन्यास प्रकाशन गरिसकेका छन् ।

यसैगरी प्रियासनको यस अगाडी प्रकाशित पल्लवी, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासले पनि पाठकको अत्यधिक मन जितेका थिए । प्रियासनले कथा र सम्पादकीयको संग्रह समेत प्रकाशित गरिसकेका छन् ।

प्रियासन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् । उनी पत्रकारिता, सािहत्य र सामाजिक क्रियाक्लापमा सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *