दाङमा सवारी दुर्घटनामा परी २ जना घाइते

तुलसीपुर १९ मंसिर। दाङको विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय अगाडी आज दिउँसो १२ बजेको समयमा तुलसीपुरदेखि बिजौरी तर्फ जादै गरेको बा ९५ प ८३३६ नम्बरको मोटर साइकल अनियन्त्रित भई पल्टिदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हेरेबास निवासी २३ वर्षिय बादल थापा रहनु भएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा स्थित पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकको हावाले आज बिहान साढे पाँच बजेको समयमा लड्न गई एक जना घाइते हुनु भएको छ ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचा निवासी ४५ वर्षिय उमा कुमारी ठाडामगर रहेको प्रहरीले बताएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको अस्पतालले जनाएको छ ।