१२ कोठे बाथरुम बिद्यालयलाई उपहार

रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहिद स्मृती आवासिय माध्यामिक विद्यालयमा १२ वटा छात्रा मैत्री बाथरुम निर्माण गरिदिएको छ । रोटरी क्लव अफ दाङले विभिन्न संस्था र व्यक्तिहरुबाट सहयोग जुटाएर करिब ११ लाख रुपैयाँको लागतमा १२ कोठे छात्रामैत्री बाथरुम निर्माण गरिदिएको हो । जेनिक रेड, एन्थोनी हर्नसक्यास्टलको मुख्य सहयोग, रोटरी क्लव धनगढी, रोटरी क्लव न्यूरोड पोखरा, रोटरीयन महेश बिष्ट, प्रकाश भट्ट, पुष्पकमल पौडेलको बिषेश सहयोग र बाबा फाउण्डेशन, तेजनाथ न्यौपाने, मस्कुर अहमद, सुरेश हमाल, विमल केसी, तिर्थ सन्तोषी र लालबिक्रिम बुढाको सहयोगमा उक्त बाथरुम निर्माण गरिएको रोटरी क्लव अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad

रोटरी क्लवले बाथरुम शनिबार विद्यालयलाई हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ दाङका अध्यक्ष डा. निरञ्जन आचार्यको अध्यक्षता एवं एजी प्रकाश भट्टको प्रमुख आतिथ्यता तथा रोटरी क्लव अफ सेन्टर बुटवलका चार्टर प्रेसीडेन्ट यजाज आलमको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि विद्यालयलाई बाथरुम हस्तान्तरणको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै रोटरीका अध्यक्ष डा. आचार्यले विद्यालयको आबस्यकतामा आधारीत बाथरुम निर्माण गरिएको जानकारी दिनुभयो ।

Blog Post Ad

नुहाउनका लागि निकै समस्या देखिएपछि विभिन्न क्षेत्र सँग सहयोग संकलन गरेर बाथरुम बनाएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक नारायण पौडेलले अति आबस्यक रहेको बाथरुम निर्माण गरेर सहयोग गरेको भन्दै धन्याबाद ज्ञापन गर्नुभयो । छात्रा गिता बुढाले प्रयाप्त बाथरुमहरु नहुदा छात्राहरुलाई नुहाउन निकै समस्या हुने गरेको बताउनुभयो । बाथरुम नहुदा पढाई र स्वास्थ्यमा समेत समस्या आउने गरेको भन्दै अब प्रयाप्त बाथरुम भएपछि समस्या समाधान हुने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे, पाष्ट एजी कुसल तर्ताल, धनगढी रोटरीका निबर्तमान अध्यक्ष महेश बिष्ट, बाथरुम निर्माण समितिका कोषाध्यक्ष प्रदिप मजगैया, विद्यार्थी ज्ञानेन्द्र सिंह, कार्यक्रम संयोजक प्रदिप सुबेदी लगाएतकाले रोटरीले गर्ने सामाजिक कार्यले सामाजिक बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण रोटरीका महासचिब रजिव उल्लाह खानले गर्नुभएको थियो । बाथरुम निर्माणमा सघाउने संस्था र व्यक्तिहरुलाई करद पत्र समेत रोटरीले प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *