दंगीशरणमा १५ बेडको अस्पताल शिलान्यास

दीप्तीशिखा चौधरी

दंगीशरण,१५ मंसिर । दंगीशरण गाउापालिका वडा न. ६ बागरमा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच प्रतिनीधिसभा सदस्य हिराचन्द्र केसीले अस्पतालको शिलान्यास गर्नुभएको हो ।

Blog Post Ad

शिलान्यास कार्यक्रममा बोल्दै केसीले पश्चिमबासीको चाहना पुरा गर्न सरकारले अस्पताल बनाउन लागेको बताउनुभयो । “सरकारी अस्पताल सुबिधा सम्पन्न बनाउने नीति अनुरुप दुई बर्षको अवधिमा यो अस्पतालको निर्माण हुनेछ ।

स्वास्थ्य जाचँका लागि बाहिर जाने बाध्यता हटेर जानेछ । पैसाको चिन्ता नलिनुस् कामको चिन्ता लिनुस्” प्रतिनिधि सभा सदस्य केसीले भन्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरीले लामो समयदेखि प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित रहेका दंगीशरणबासीहरु अव यो समस्याबाट मुक्त हुने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले विगतका दिनमा स्वास्थ्य जाचँका लागि बाहिर जिल्ला धाउँनुपर्ने बाध्यता अव हट्ने बताउनुभयो ।

उपाध्यक्ष पिमाकुमारी खड्काले जनतासंग गरिएका प्रतिबद्धता सरकारले पुरा गर्दै गएको बताउनुभयो ।

वागर स्वास्थ्य चौकिका प्रमुख डा.रविन गौतमले ३ सय ९६ अस्पताल मध्ये यसलाई विषेश बनाएर लग्नुपर्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, प्रबक्ता बीरबहादुर वली, वडा न.४ का वडा अध्यक्ष नेवबहादुर कवँर, ५ न. वडा अध्यक्ष दिपक गौतम, ६ न. वडा अध्यक्ष टंकबहादुर वली, हेकुली स्वास्थ्य चौकी प्रमुख

टेकबहादुर खत्री, गोल्टाकुरी स्वास्थ्य प्रमुख राजेनद्रकुमार हमाल लगाएत स्थानीय बुद्धिजिवी, जनप्रतिनिधि, स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका विपद ब्यवस्थापन शाखा प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए ।