सल्यानमा एकजनाको हत्या

सल्यान, १५ मंसिर। ढुङ्गा प्रहार गरी सल्यानमा एकजनाको हत्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतवार बेलुका ७ बजे नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोलामा बादीलाई पछाडिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । घटना बेलुका ७ बजेको भएपनि स्थानीयले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उनको भनाइ छ ।

Blog Post Ad

हत्या गर्ने युवकको मानसिक सन्तुलन ठिक नभएको पाइएको थापाले बताए । फरार रहेका युवकको खोजतलाश भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।