बबईको पुरन्धारामा १५ सैयाको अस्पताल शिलान्यास

प्रेमबहादुर राम्जा

दाङ, १५ मंसिर। बबई गाउपालिकाको हंसपुरमा १५ सैयाको पुरन्धारा आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । अस्पतालको लुम्बिनी प्रदेशसभाका सदस्य बिमला वलीले शिलान्यास गर्नुभएको हो । अस्पतालको शिलान्यास गर्दै सदस्यले देशमा तीन तहका सरकारले बिकास निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । सबैले सरकारको आलोचना गर्ने भन्दै प्रदेशसभा सदस्य वलीले स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पुर्बाधारको निर्माण कार्यलाई प्राथमिकता दिएको जानकारी दिनुभएको छ ।

Blog Post Ad

यस्तै कार्यक्रममा पालिका अध्यक्ष भुबनेश्वर पौडेलले बबईमा तीन वटा अस्पताल निर्माण हुन लागेको जानकारी दिनुभएको छ ।  हापुरे क्षेत्रमा प्रदेश सरकारको सहयोगमा मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

यस्तै प्रदेश सरकारको तर्फबाट पन्चकुले क्षेत्रमा आयुर्वेद अस्पताल सन्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । यस्तै संघीय सरकारको सहयोगमा हंसपुर क्षेत्रमा १५ सैयाको अस्पतालको शिलान्यास गरेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष साबित्रा बिकले स्थानीय पालिकाले प्रभाबकारी रुपमा काम गरिरहेको बताउनुभयो । वैदिक विधि मार्फत भबनको शिलान्यास गरिएको थियो । बबई ३ का वडाअध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा भबनको शिलान्यास गरिएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहनलाल दाहाल, नेकपाका बबई अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, नेपाली काङ्ग्रेसका सचिब धनसिङ केसीले बोल्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख हेमराज वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपप्रमुख शरदराज गिरिले गर्नुभएको थियो ।