स्थानीयको पिडा बुझ्न सांसद चौधरी कोइलाबास नाकामा

शिवु खनाल

देउखुरी, १५ मंसिर । कोइलाबास नाका बन्दले जीवन थप कष्टकर बनेपछि प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चौधरीले स्थानियहरुको समस्या बुझ्न भारतसंग जोडिएको कोइलाबास नाका पुग्नु भएको छ । लामो समय सम्म नाका बन्दले स्थानियहरुको जिवनयापनमा थप कठिनाइ भएपछि शनिबार भारतसंग जोडिएको दाङको कोइलाबास नाकाका पुगेर स्थानियहरुसंगको छलफल पछि स्थलगत अवलोकन तथा निरिक्षण गर्नु भएको हो ।

Blog Post Ad

कोराना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले चैत एघार देखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको हो । (कोभिड १९) का कारण लगातार आठ महिना लामो सम्म बन्द रहेको भारतसँग जोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन सदस्य चौधरी समक्षमाग स्थानियहरुले माग गरेका हुन् । स्थानिय रोजगार पूर्णरुपमा ठप्प छ ।

जस्ले गर्दा न्यून र मध्यम वर्गले धेरै समस्या खेप्नु परेको छ, गढवा गाउँपालिका वडा नम्बर ८ निवासी खालिक सिद्दिकिले भन्नुभयो,– ‘कोइलाबास नाका लामो समयसम्म पूर्णरुपमा शिल हुदा खबरी, मुसि, लगायतका अन्य नाकाहरुका स्थानियहरुको जन जिवनमा नकारात्मक असर पुगेको छ ।

कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन आवश्यक छ ।’ ‘लामो समय सम्म कोइलाबास नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै कोइलाबास नाका खुला गरि व्यवस्थित र सहज बनाउनपर्छ ।’ एक पोका नुन लिन गढवा बजार जानुपर्ने बाध्यता रहेको छ । सवारी साधान हुने त गढवा बजार पुग्छन् । नहुने बसको प्रतिक्षामा बस्ने हो, सिद्दिकिले भन्नुभयो,– ‘तुलसिपुरबाट विहान आठ बजे कोइलाबास हिडकेको बस एघार बजे लमही आइपुग्छ र लमही देखि दिउँसो दुईबजे कोइलाबास पुग्छ ।

अर्को दिन विहान एघार बजे रासनपानी लिन गढवा बजार पुग्यो तर सोही दिन कतैबाट कोइलाबास फर्कने सवारी साधान हुदैँन ।’ ‘जस्ले गर्दा सामाग्री खरिद गरेर एक रात होटलमा बस्नुपर्ने बाध्यता रहेको छ । अर्को दिन बस आयो भने बल्ल कोइलाबास जाने हो । नाका बन्दा हुदा दोब्बर खर्च गरेर रासनपानी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।’ यता सदस्य चौधरीले उद्योगमन्त्रीसंग समन्वय ग ियहि मंसिर महिना भित्र व्यवस्थित र सहज तरिकाले कोइलाबास नाका खुला गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,– ‘कोइलाबास भन्सार सुचारु गर्न र नाकालार्य थप व्यवस्थित बनाउन उद्योगमन्त्रीसंग समन्वय मंसिर महिना अन्तिम सम्म कोइलाबास नाका खुलाउने योजना बनाएको छु । नाका छिटै खुल्छ ।’ यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेललाई स्थानीयले दिनहु बन्द कोइलाबासका नाका खोलि दिन अनुरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,– दिनमा छ देखि आठ जनाले कोइलाबास नाका कहिले खुल्छ, लौन सर नाका खोलीदिन पहल गरिदिनु प¥यो भनेर दिनहुँ दुखेसो पोख्न आउँने गर्नुहुन्छ । सम्झाइ बुझाइ पठाउने गरेको छु ।’