प्रलेसको प्रदेश अध्यक्षमा थापा

Advertise with us

प्रगतिशील लेखक सङ्घ, प्रदेश ५ को अध्यक्षमा दाङका केशव थापा चयन हुनुभएको छ ।

दाङको लमहीमा भएको प्रथम सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा पङ्कजकुमार श्रेष्ठ र सरिता श्रीस, सचिवमा खोमा तरामु मगर, सहसचिवमा रामप्रसाद पोखरेल, कोषाध्यक्ष निमबहादुर थापा चयन हुनुभएको छ ।

Buddha International Hospital

प्रलेस प्रदेश ५ को प्रथम बैठक शनिबारनै सम्पन्न भएको छ । बैठकले सात सदस्यीय सचिवालय गठन गरेको छ । केशव थापाको संयोजकत्वमा पङ्कजकुमार श्रेष्ठ, सरिता श्रीष, खोमा तरामु मगर, रामप्रसाद पोखरेल, निमबहादुर थापा र विजया पन्त रहेको सचिवालय गठन गरेको हो ।

Advertise with us