१३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

 

 

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५१५ संक्रमित निको भएका छन् ।

Blog Post Ad

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।

पछिल्लो २४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।

मन्त्रालयका अनुसार १८ हजार ८३ जना आइसोलेसनमा रहेका छन् । ६१८ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिएको छ ।