‘हो हामी सबै भ्रष्ट हौं !’

आस्मा लुइटेल

शान्ति पक्रियापछि नेपालमा थप अशान्ति छाएको कुरा सबैले भन्दै आएका कुरा हुन् । सञ्चारमाध्यमहरुको प्रतिवेदन, सर्वोच्च अदालतले सरकारलाई दिने आदेशहरु, नागरिक समाजहरुले सरकारविरुद्ध गर्ने आन्दोलन, देशको प्रमुख प्रतिपक्षसँगै सत्ताधारी दल/राजनीतिज्ञहरुले नै सरकारमाथि लगाउने आक्षेप अनि आम सर्वसाधारणबाट सरकारमाथि उठ्ने प्रश्नसँगै देखिएका सोही सहतको आक्रोशले पनि यो कुरालाई थप पुष्टि गर्न भरपुर सहयोग गर्छ । जुन सन्दर्भले नागरिकहरुमा कहिल्यै सुखानुभूति छाउँदैन ।

Blog Post Ad

देशमा नीतिगत भ्रष्टाचार मौलाएको कुरा सञ्चारमाध्यमदेखि सर्वसाधारणहरुले बताउँदै आएका छन् । त्यसो भ्रष्टाचार त्यो क्रियाकलाप हो , जसले देशको दोहन सबैभन्दा नराम्ररी र छिटो गर्ने गर्छ । सरकारी तथ्यांक नै हेर्ने हो भने मात्रै पनि यो कुरा अकाट्य हो र पहिलेको दाँजोमा बढेको कुरा सत्य हो । माथिल्लो ओहोदा र उच्च राजनीतिक हैसियत राख्ने व्यक्तिहरुबाट हुने यस्ता क्रियाकलापहरुले समग्र देशलाई नै खाल्डोतिर हुत्याइरहेको कुरा निश्चित हो ।

त्यसो त के देशमा भ्रष्टाचार मौलाउनुमा ती नेताहरुको मात्रै हात छ, जसले माथिल्लो हैसियत राख्छन् ? यो चाहिँ वास्तवमै सोचनीय विषय हो । बा ! उनीहरुलाई भ्रष्ट बनाउनुमा हाम्रै पो कतै हात छ कि ? के यो चाहिँ विशेष कुरा होइन र ? के हामीले योतर्फ कहिल्यै सोच्यौँ ?

हामी सोचिरहेको हुन्छौँ त केबल, भ्रष्टाचारमुक्त समाजबारे । अनि सोच्यौँ त केबल भ्रष्टाचारको अन्त्यबारे । तर, यो सोच्न भुल्यौँ कि–यसलाई अन्त्य हाम्रो भूमिका के ?, यसका आधारभूत आवश्यक्ताहरु के के हुन् ? । हामीले बहसै गरेनौं । किनकी, हामी सबैको दिमागमा रु. १ रुपैयाँ मात्रै पनि किन छोड्ने भन्ने तलतल थियो, छ र हुनेछ । यसको परोक्ष शाब्दिक अर्थ पनि यो हुन्छ कि– समाज भ्रष्टाचारमुक्त कहिल्यै हुन्न ।

हामी कर छल्न खोज्छौं । अरुको सानो काम गरिदिएबापत् धेरै पैसा खोज्छौं । त्यो त आफ्नो व्यक्तिगत पाटोको कुरा भयो । हामी जनप्रतिनिधिलाई पैसा कमाउन विधि भन्दिन्छौं । राम्रालाई होइन, हाम्रालाई नै रोजगारी दिनतिर हामी उद्दत हुन्छौँ । अनि खोज्छौं कि, भ्रष्टाचारमुक्त समाज अनि समृद्ध देश ।

एकचोटी ठण्डा दिमागले सोचौँ त, हामी यति सानो परिणामको खर्चमा त केही पैसा आफूलाई निकाल्न खोज्छौं भने ठूलो परिणामको पैसा कसले छोड्छ होला ? यतिकै भनिएन कि–‘धन/सम्पत्ति भनेपछि महादेवको पनि तीन नेत्र’ भनेर ।

बुवा सरकारी कर्मचारी र छोराछोरी अमेरिका–यूरोपमा डाक्टर हुनैपर्ने चलन छ । अरुलाई देखाउनकै लागि भए पनि पैसा कमाउनैपर्ने अनौठो चुनौतीले पनि नेपाली समाजलाई ठूलो ‘भ्रष्टाचार’को पाठ सिकाइरहेको छ ।

वास्तवमा भन्नुपर्दा घूसखोरले धर्म, संस्कृति, देश, परदेश कहीँकतै अछुतो राख्दैन । न यसले सानो भन्छ, न ठूलो भन्छ, न धनी चिन्दछ, न गरिब चिन्दछ । यसबाट कोही पनि टाढा रहँदैन । मतलब, सबैको दिमागमा कमाउने रहर अवश्य हुन्छ । त्यसो त हामी सबै भ्रष्ट हौं । परक यति मात्रै हो, कोहीले ठूलो भ्रष्टाचार गर्ला । कसैले सानो गर्ला । त्यसो त नेपालका कार्यालयका हाकिमहरु १ हजार रुपैयाँ घूससहित पक्राउ भएको समाचारहरु त हामीले पनि हेरेकै हौँला । बुवा सरकारी कर्मचारी र छोराछोरी अमेरिका–यूरोपमा डाक्टर हुनैपर्ने चलन छ । अरुलाई देखाउनकै लागि भए पनि पैसा कमाउनैपर्ने अनौठो चुनौतीले पनि नेपाली समाजलाई ठूलो ‘भ्रष्टाचार’को पाठ सिकाइरहेको छ ।

यो चलनले पनि नेपाली समाजलाई नराम्ररी गाँजेको छ । यता देशको सम्पत्तिको नाममा रहेको वन फडाँनी, नदी–खोला बिक्री, प्राकृतिक स्रोत सम्पदाहरुको अनधिकृत दोहनलगायतले देशलाई रित्याउँदै छ एकातिर भने नयाँ शिक्षा प्रणाली, फरक प्रविधि अनि सुविधासम्पन्न जीवनयापनको सुधारको निम्ति पनि देशको ढुकुटी क्रमसः रित्तिँदै गएको छ ।

यसमाथि पनि बाँकी राष्ट्रिय सम्पतिमाथि माथिल्लो हैसियतकाहरुले आफ्नो ठूलो हत्केला पारिदिन्छन् । त्यसो त अब यस्ता नीतिगत भ्रष्टाचारलाई न्यूनीकरणको बहस गर्दै अगाडि बढ्न आवश्यक छ । कोभिड उन्नाइसले अत्याएको समाजलाई नयाँ शिरा, नयाँ सोच र नयाँ तरिकाबाट अगाडि बढाउन जरुरी छ ।

भ्रष्टा’चार’ हुँदै पाँच, छ, सात हुँदै आठ उकालो लागेको यसलाई अब शून्यमा झार्नको लागि युवाको खाँचो छ । नयाँ प्रणालीको खाँचो छ । कुरा यति, ‘असम्भव’ त केबल शब्दभण्डारमा मात्रै छ ।