स्वर्गिय बुुवा तथा पतिको स्मृतीमा मुर्ति स्थापना तथा वृद्धाश्रममा सहयोग


घोराही, २० फागुुन | घोराही उपमहानगरपालिका–१६ भगवानपुुरमा स्वर्गिय बुुद्धिराम भण्डारीको स्मृतिमा सुुर्यनारायणको मृर्ति स्थापना गरिएको छ । स्वर्गिय भण्डारीको सम्झनामा उहाँकी धर्मपत्नी बोधाकुुमारी भण्डारी र छोरा प्रविणकुुमार भण्डारीले सुुर्य नारायणको मुर्ति स्थापना गर्नुुभएको हो ।

Buddha International Hospital
Advertise with us

स्वर्गिय बुुवाको सम्झनामा मुर्ति स्थापना गरिएको छोरा प्रविणकुुमार भण्डारीले बताउनुुभयो । तिरुपाते निर्माण सेवाका संचालक समेत रहनुुभएको भण्डारीले बुुवाको १९ औँ स्मृतिमा सुर्यनारायणको मुुर्ति स्थापना गरेको बताउनुुभयो । रु. ५० हजार लगानीमा बनेको सुर्य नारायणको मुर्ती स्थापना गरिएको हो |

वृद्धाश्रममा सहयोग

त्यसैगरी यसैबिच भण्डारी परिवाले महाशिवरात्रीको अवसर पारेर सोमबार घोराही –१६ मा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा २ वटा हस्पीटल बेड हस्तान्तरण गर्नुुभएको छ ।

स्वर्गिय बुुवा तथा पति भण्डारीको १९ औँ स्मृतिमा आमा धर्मपत्नी बोधाकुुमारी भण्डारी र छोरा प्रविण भण्डारीले २ वटा हस्पिटल बेडसंगै ५० केजी चामल,दस केजी दाल,दस केजी फल्फुल ,पाँच लिटर तेल,पाँच केजी आलु तथा तरकारीहरुका साथै दुईवटा हस्पिटल बेड सहयोग गर्नुुभएको हो । बिरामी हुँदा राम्रो बेड न भएको हुँदा भण्डारीले २३ हजार बराबरको दुईवटा बेड सह्योग गर्नु भएको हो |

Advertise with us