बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु

दाङ, १३ मंसिर । दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा उपचारत एक जनाको आज बिहान मृत्यु भएको छ । मंसीर ६ गते उपचारका लागि अस्पतालमा आएका घोराही उपमहानगरपालिका १३ निबासी ६६ बर्षका पुरुषको शनिबार पौने ११ बजे मृत्यु भएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

कार्तिक ३० गते पिसीआर परीक्षण गराउँदा कोरोना सक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धको स्वास्थ्यमा थप समस्या देखिएपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा राखीएको थियो । व्यवस्थापक वलीका अनुसार अहिले पनि अस्पतालमा ५ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । अस्पतालमा उपचारत १५ जनामध्य ९ जना तुलसीपुरका, एक जना सल्यान र ५ जना घोराहीका कोरोना संक्रमित छन् ।

Blog Post Ad