नाकाबासीलाई पूर्वपश्चिम राजमार्गसंग जाेड्छु : सांसद चाैधरी

शिवु खनाल

देउखुरी, १३ मंसिर । प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चाैधरीले समग्र भारतसंग जाेडिएकाे सिमा क्षेत्रमा विकास गर्ने बताउनुभयो ।

Blog Post Ad

राजपुरकाे बेला स्थिति स्थानीय नाकाबासीसंग समग्र नाकाकाे विकासमा वृहत् छलफल गर्नु भएको हाे । सदस्य चाैधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत पर्ने भारतसंग जाेडिएकाे पूर्वकाे अर्ना नाका देखि पश्चिमकाे भाैवनाकाकाे विकासकाे लागि स्थानीय नाकाबासीसंग छलफल गर्नु भएको हाे । स्थानीय नाकाबासीले नाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, यातायात, विद्युत् लगायतको समस्या बारे छलफलमा सदस्य चाैधरीलाई ध्यानाकर्षण गराएको थिए ।

पहिलेको तुलनामा नाकामा अहिले राज्यको उपस्थिति राम्रो छ । चहलपहल पनि बढेसंगै, राजधानीबासी पनि भएकाेमा खुसि लागेको छ । अब नाकाकाे विकासमा अलि बढि चासो दिनुपर्याे, छलफलमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी टंक विकले कुरा राख्नुभयाे । यता सदस्य चाैधरीले भारतसंग जाेडिएकाे दाङको सिमाक्षेत्रकाे विकास बारे दिर्घकालीन याेजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले विकास गर्छु तर, विकास गर्न वृहत् गुरूयाेजना बनाउन आवश्यक छ ।

उहाँले भन्नुभयो,- । `सिमा क्षेत्रमा बसाेबास गर्दै आउनु भएका स्थानीयलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसंग जाेड्ने केन्द्रीय सरकारसंग छलफल गरिरहेकाे छु ।´ `नाका क्षेत्रमा विकास गरि स्थानीयलाई आय-आर्जनसंग जाेड्ने र स्थानीयलाई भारत प्रतिकाे आर्षित हुनुपर्ने बाध्यता अन्त्य गर्नेछु ।´