दाङ, १३ मंसिर । पश्चिम दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन् ।
बबईको भाङाबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको यात्रु बहाक बस र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । घाइते मध्य एकको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
