दाङ, १३ मंसिर । शरिरमा पाँचवटा गोलीका छर्रा लागेका तुलसीपुर उपमहानगरपालिका वडा न.१३ निवासी खुसलराम पौडेलसंग गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई बुधबार राति अमेलियाको चाउखोलामा घाइते अबस्थामा फेला पारिएको थियो ।
उनै पौडेललसंग गएको भन्दै तुलसीपुर उपमहानगरपालिका १३ बख्रीगाउँ निवासी २४ वर्षिय कमल पुन, सोही ठाउँका ३८ वर्षिय राजु घर्ती र ४० वर्षीय इन्द्र बहादुर डिसीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई बिहिबार राती साढे ११ बजेतिर पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानकालागि लमही पठाईएको प्रहरीले बताएको छ ।पौडेलको लखनउमा उपचार भइरहेको छ । पौडेलमाथि बुधबार राति साढे ९ बजेतिर घाइते अवस्थामा फेला परेका थिए । उनको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा दुई वटा गोलीको छर्रा लागेको छ ।
