शिक्षा क्षेत्रमा लगानी गर्छु : सांसद चौधरी

शिवु खनाल

दाङ, १३ मंसिर । प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चाैधरीले सांसद विकास काेषकाे बजेट दाङ निर्वाचन क्षेत्र नं. अन्तरगत शिक्षा क्षेत्रमा लगानी गर्ने बताउनुभयो । काेषकाे बजेट विनियोजन गरि निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न विद्यालय निर्माण गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयाे ।

Blog Post Ad

 

दाङको गढवा स्थिति जनज्योति माध्यमिक विद्यालयकाे नव निर्मित भवनको उद्घाटन गर्नु गर्दै आफ्नाे निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न विद्यालयहरू निर्माण गर्नकाे लागि शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्ने बताउनुभयाे । उहाँले भन्नुभयो,-। सुविधा सम्पन्न विद्यालय निर्माण गरि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान र बाहिर शिक्षा लिन जानुपर्ने बाध्यता अन्त्य दिर्घकालिन याेजना बनाएको छु । `मेरै कार्यकाल भित्रै मेराे निर्वाचन क्षेत्रमा शिक्षा क्षेत्रमा लगानी गरि देशकै दाङलाई नमुना शिक्षाको हव बनाउने दिर्घकालिन याेजना बनाएको छु ।

 

यसको लागि केन्द्रीय सरकारसंग वृहत् छलफल गरिएको छु ।´ सदस्य चाैधरीले सांसद विकास काेषकाे पच्चीस लाख विनियोजित बजेटमा निर्माण भएको पाँच काेठे पक्कि भवन र क्रेयटिङ पाेसिबिलिटिज नेपालकाे पचाँस लागकाे सहयोगमा निर्माण भएको चारकाेठे पक्कि भवनकाे शुक्रबार उद्घाटन गर्नु भएको हाे । यस्तै कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीले सिपि नेपाल संस्थाले विगत देखि नै सामाजिक काम गर्दै आएकाे प्रसंसाकाे व्याख्या गर्दै राजपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा भवनहरू निर्माण कार्यमा सहयोग गर्दै महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले काेराेनाकाे कारण बन्द भएका विद्यालयहरू स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितका साथ राजपुर अन्तरगतका विद्यालय संचालन गर्ने कार्यक्रम तयारी भएको बताउनुभयो ।

 

भवन निर्माण समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष दर्गाप्रसाद शर्माकाे सभापतित्व तथा प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चाैधरीकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, विद्यार्थी देवा बुढा, दिपा चाैधरी, जनमाेर्चाका जिल्ला सदस्य कपिलदेव खनाल, नेपाल कांग्रेस राजपुर गाउँपालिका पार्टी सचिव केशवराम यादव लगायतले बाेल्नु भएको थियोे । कार्यक्रममा भवन निर्माणकाे खर्च विवरण विद्यालयका प्रअ केशवराम यादवले प्रस्तुत गर्नु भएको थियोे ।

 

उक्त कार्यक्रममा विद्यालय निर्माणमा सहयोग पुर्याएकाे भन्दै सिपि नेपालका लेखा अधिकृत तथा विद्यार्थी संयाेजक दिपा चाैधरीलाई कदर पत्र प्रदान गरिएको थियोे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का क्षेत्रीय अध्यक्ष मिना गुरूङ, जिल्ला सचिवालय सदस्य विरबहादुर केसी, लमही खानेपानी सरसफाइ तथा उपभोक्त समितिका अध्यक्ष डण्डिराम चाैधरी, सदस्य विष्णु गिरी लगायतको सहभागी रहेको थियोे । कार्यक्रमकाे सहजिरकण विद्यालयका शिक्षक भानुनाथ याेगिले गर्नु भएको थियोे ।