दाङ, १३ मंसिर । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।वीरेन्द्रनगर-३ तातापानी बस्ने कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोटका २८ वर्षीया विलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका धामीले प्रारम्भिक बयानमा आफू वन रक्षक भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
