कोइलाबासमा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल

दाङ, १३ मंसिर । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

 

विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो ।

Blog Post Ad

 

कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

 

हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिनुभयो ।

 

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्ति गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अव समाधान हुने भन्दै कोईलाबासका स्थानिय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो ।विद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुनेछन ।