समानुपातिक, समावेशी विधेयक ल्याउन निर्देशन

घोराही, ११ मंसिर।  संघीय संसदको संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी रूपमा संवैधानिक निकायमा हुने नियुक्ति नहुने गरेको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्नका लागि निर्देशन दिएको छ ।

 

Blog Post Ad

समितिको आजको बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएको हो । समिति सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमासंवैधानिक र राजनीतिक नियुक्तिहरू समानुपातिक, समावेशी भएनन् भन्ने प्रश्न उठिरहेको बताउनुभयो । त्यस्तै, समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ ।

महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त गरे र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्ति गर्न समितले सरकारलाई भनेको हो । समितिले तीन पटक बोलाउँदा पनि प्रधानमन्त्री नआएको प्रति असन्तुष्टि जनाएको छ ।

 

यसअघि पनि प्रधानमन्त्रीलाई दुई पटक बोलाइएको थियो । अन्तिम समयमा यसपटक पनि प्रतिनिधिका रूपमा मन्त्री ज्ञवालीलाई प्रधानमन्त्रीले पठाउनुभएको थियो ।