जन्मदिनमा गोपालले गरे वृद्धाश्रममा सहयोग


घोराही, २० फागुुन | आफ्नो जन्मदिनको अवसर पारेर एक युवाले घोराही १६ स्थित तेरौटेमा रहेको वृद्धाश्रममा सहयोग गरेका छन । वृद्धाश्रममा रहेका १७ जना वृद्धवृद्धाहरुलाई विभिन्न खाद्दान्न तथा फलफूल वितरण गरेका छन |

Buddha International Hospital
Advertise with us

घोराही उपमहानगरपालिका–१५ श्रृजनाटोलका गोपाल कुुवंरले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गर्नुुभएको छ । उहाँले घोराही उपमहागरपालिका–१६ को जेष्ठ नागरिक सरकार केन्द्रमा वृद्धवृद्धालाई खाद्यान्न सहयोग गर्नुुभएको हो ।

युुएनविसीका खेलाडी क्याप्टेन समेत रहनुुभएका कुंवरले बृद्धबद्धालाई २५ केजी चामल, दाल १० केजी, आलुु १० केजी, तरकारी १० केजी र फलफूल सहयोग गर्नुुभएको हो । उहाँले आजबाट २४ वर्ष पुरा गरेर २५ वर्षमा प्रवेश गरेको अवसरमा जन्मदिनमा वृद्धवृद्धालाई सहयोग गरेको बताउनुुभयो ।

गोपाल कुंवरले आफ्नो जन्मदिनको केक काटी बृदाश्रममा रहेका बुवाआमाहरुसँग आफ्नो खुसी बाढ्न पाउँदा खुसी भएको बताउनुुभयो |प्रत्येक वर्ष झै यसपालीको जन्मदिनमा पनि बृदाश्रममा सहयोग गर्नुका साथै केही समय बुवाआमाहरु सँग बिताउन पाउँदा खुसी महसुस भएको बताउनुुभयो ।

खाद्यान्न सहयोग हस्तान्तरणपछि जेष्ठ नागरिकहरुले सहयोग गर्ने गोपाललाई जन्मदिनको शुुभकामना व्यक्त गर्दै धन्यावाद ज्ञापन गर्नुुभयो ।

Advertise with us