घोराहीमा लैंङ्गिक हिंसा बारे अन्तरक्रिया


दाङ, ११ मंसिर ।  घोराही उप महानगरपालिकाले लैङगिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्र्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले हिँसा अनत्यका लागि सबैले आ आफनो क्षेत्रवाट कार्य गर्नु पर्ने बताएका थिए ।

 

उनीहरुले पछिल्लो समयमा सबै क्षेत्रको पहलमा विभिन्न सचेतना मुलक कार्यहरु गरेकाले लैङगिक हिंसा घटदै गएको बताएका थिए । कार्यक्रममा वोल्दै घोराही उप महानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेले घोराही उप महानगरपालिकाले वर्ष भरी नै लैङगिक हिसा निवारणका लागि कार्य गरिने बताइन । १६ दिन मात्र नभइ वर्ष भरी नै सचेतना मुलक कार्यक्रम आयोजना गरिने उनको भनाइ रहेको छ ।

Blog Post Ad

 

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले सञ्चार माध्यमहरुले उप महानगरपालिकाले थालेको अभियानमा सहकार्य गरेर अगाडि वढने बताए । सामाजिक अभियानमा सञ्चार क्षेत्र सहकार्य गरेर अगाडि वढन तयार रहेको उनको भनाइ रहेको छ । नया युगवोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले पिडित मैत्री वातावरण निर्माण गर्नु पर्ने बताइन । सबैले आफनो कार्य शैली परिवर्तन गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा सामाजिक विकास शाखा संयोजक पशुपती चौधरी लगाएतकाले भनाइ राखेका थिए । त्यस अवसरमा ग्रामिण महिला उत्थान केन्द्रका नविन चौधरी, ओरेक नेपालका विन्दु शर्मा, जिल्ला प्रहरी कार्यालय दाङ महिला वालवालिका तथा जेष्ठ नागरिक केन्द्रका कृष्णदत्त जोसी, सेभहाउस सञ्चालक हुमा डिसीले आफुहरुले गरेका कार्यका वारेमा जानकारी दिएका थिए ।

 

घोराही उप महानगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यक्रमको उदेश्य बारे जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण महिला बालवालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमार विश्वकर्माले गरेकी थिइन ।