शिक्षक महासंघ द्धारा स्थानिय तहमा धर्ना

घोराही, १६ असोज । शिक्षक महासंघले शुक्रवार दाङका दश वटै स्थानीय तहहरुमा धर्ना दिएको छ ।
सरकारसँग आफ्ना २६ बँुदे माग पुरा गराउन तेश्रो चरणको आन्दोलन अन्तर्गत दाङका शिक्षकहरुले स्थानीय तहमा धर्ना दिएको महासंघकाले जनाएको छ ।

Blog Post Ad

देशलाई आवश्यक पर्नै जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निभाए पनि शिक्षकहरु माथी सरकारले सधै विभेदपुर्ण व्यवहार गरेको शिक्षकहरुले आरोप लगाएका छन् । नेपाल शिक्षक महासंघको केन्द्रिय आन्दोलनका कार्यक्रमहरु अन्तर्गत तेश्रो चरणको आन्दोलनमा शिक्षकहरु होमिएको जिल्ला अध्यक्ष अमरबहादुर खड्काले जानकारी दिए ।

Blog Post Ad


शिक्षकहरुले कूल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम शिक्षा क्षेत्रमा खर्च गरिनुपर्ने, आरभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुविधा संबिधान अनुसार गरिनुपर्ने, संघीय शिक्षा ऐन संसोधन, सरकारसंग बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरिनुपर्ने, शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगायतका २६ बुँदे मागहरु शिक्षकले राखेका छन ।

तेश्रो चरणको आन्दोलन अन्तर्गत दशैभरीका सबै स्थानीय तहहरुमा धर्ना कार्यक्रम गरिएको र अब प्रदेश एवं केन्द्रिय तहमा आन्दोलन गरिने महासंघका जिल्ला अध्यक्ष खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *