कैदीबन्दीलाई हात्तीपाइलेको औषधी

घोराही, फागुन १९ । घोराहीको कारागारमा रहेका कैदीबन्दीहरुलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइएको छ । नेपाल सरकारले फागुन १५ गतेदेखि देशभरी हात्तीपाइले बिरुद्धको औषधी खुवाउने अभियानसँगै घोराही उपमहानगरपालिकाले आफ्ना निजी क्षेत्रहरुमा फागुन महिनाभरी हात्तीपाइले बिरुद्ध औषधि सेवन गराइरहेको छ ।

Buddha International Hospital

Advertise with us

फागुन १५ गतेदेखि स्वास्थयकर्मीहरुले वडा वडाको घरदैलोमा गएर औषधी खुवाइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयका जनस्वास्थ्य अधिकृत बिकेश रेग्मीले बताउनुभयो । घरघरमा गएर हात्तीपाइले बिरुद्धको औषधि खुवाउन उपमहानगरले १०० जना स्वस्थ्यकर्मी परिचालन गरेको छ ।

घरदैलोमा गएर औषधि खुवाउने क्रममा घोराहीको कारागारमा रहेका २९३ जना कैदीहरुलाई सुचना विभाग, जेल स्वास्थ्य इकाईका प्रमुख योगेन्द्र रिजालको नेतृत्वमा हात्तीपाइले बिरुद्धको औषधि खुवाइएको हो । कारागारमा रहेका ४२ जना सशस्त्र प्रहरी, ६ जना जेल प्रशासन समुहका कर्मचारी र सिभिल प्रहरीका ८ जनालाई औषधि खुवाइएको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले दिएको जानकारी अनुसार सौडियार, ढिकपुर, नारायणपुर, शिवपुर, हापुर, भ्युडर, नयाँ बजार, करौटीडाडा, हरिद्धार, हात्तिखर्क, सैघा लगायतका स्थानमा हात्तिपाइलेको औषधी खुवाउने अभियान थालेको छ ।

Advertise with us