आफ्नो रेकर्ड आफै तोड्ने गोपाल


हरेक मान्छेहरुको आफ्नै सपनाहरु हुन्छन् । ति सपनाहरु नजानिदो किसिमले जीवनमा आउछन् । तर जीवनलाई त्यहि सपनाको पछि पछि लाग्न प्रेरित गर्छन् । तमाम सपनाहरु मध्य गोपाल कुवरको एउटा सपना थियो राम्रो फुटवलर बन्ने ।वर्षले २६  घोराहीका उपमहानगरपालिका वडा नं. १५ स्थित श्रीजनशील टोलमा बस्ने गोपालको जीवनमा एउटा अंश बनेर आएको फुटवल खेलले उनलाई यहाँसम्म ल्याईपुर्याएको छ ।

Buddha International Hospital
Advertise with us

यहाँसम्म भन्नाले उनि दाङको हापुरबाट घोराही हुँदै काठमाण्डौ पुगे ( फुटवल खेल्न । त्यसो त उनि काठमाण्डौ मात्र पुगेनन् देशका प्रमुख शहरहरुमा पुगेर फुटवल खेले । फुटवलले उनलाई नेपाल घुमायो । हापुरको गुर्जेमा जन्मिएका गोपालको प्रारम्भीक शिक्षा गाउँबाटै सुरुभयो । २ कक्षासम्म गुर्जेमा अध्ययन गरेर औपचारिक सुरुवात गरेका गोपालले एक वर्ष घोराहीको बालमन्दीर र कक्षा ४ देखि ८ सम्म अल्फा ईङग्लिस बोर्डिक स्कुलमा अध्ययन गरे । त्यसपछि ९ र १० कक्षा घोराहीको प्रहरी बोडिङ स्कुलबाट गरे ।


मध्यमवर्गीय परिवारका गोपाल परिवारको कान्छो सदस्य थिए । गाउँका दाजुहरु फुटवल खेल्थे । खोलाको बगर, गाउँका खुला चौरमा साना साना बल बनाएर फुटवल खेलेको देखेका गोपालले थाहै नपाई फुटवल खेल्न सुरु गरे । दाईहरुले सहयोग गरे, साथीहरुसँग खेले । परिवार सहित बसाई सराई गरेर घोराही आएपछि घोराहीका केहि साना मैदान र विद्यालयका चौरहरुमा उनले फुटबल खेलेको देख्दा सबैलाई राम्रो लाग्थ्यो । कि गोपाल राम्रो फुटवल खेल्थे ।


२०६५ साल तिर हुनुपर्छ । घोराहीको फुर्सेखालीमा युवाहरुको समुह थियो । त्यो समुह संग नजिक थिए गोपाल । त्यहि समुहबाट उनले पहिलो म्याच खेले । लखन थापा कप प्रतियोगितामा गोपालले राम्रो प्रर्दशन गरे । तर समुह भने बाहिरीयो । यो म्याचले उनलाई फुटवलमा काम गर्न सक्ने क्षमता देखाउने ठाउँ दियो । त्यसको अर्को वर्ष देखि उनले घोराहीको युएनविसी विबाट खेल सुरु गरे ।


गोपाललाई सम्झना छ । २०६८ सालमा सि डिभिजन खेल्नको लागि काठमाण्डौ गए । त्यहाँ उनले केहि खेलहरु खेले । साथी विशाल बुढाको सहयोगमा उनले मेरिट अक्याडेमीमा डेढ वर्ष फुटवल विषयमा प्रशिक्षण लिए । गाउँमा आफैले सिक्दै आफैले खेल्दै गरेको फुटवल र अक्याडेमीमा सिकेको फुटवल विचमा धेरै धेरै भिन्नताहरु थिए । टेक्नीकल विषयहरु, शैली र तरिकाहरु फरक थिए । त्यो तालिम भनेको व्यवसायिक तालिम थियो । त्यो ज्ञान लिएर उनि फेरी दाङ झरे ।


घोराहीको युएनविसीबाट उनि फुटवल खेल्नका लागि देशका विभिन्न ठाउँमा पुगेका छन् गोपाल । चितवन, लमजुङ, काठमाण्डौ, पोखरा, बेनी, बागलुङ, झापा, नेपालगंज, भैरहवा, धादिङ जिल्लामा पुगेर फुटवल खेलेको अनुभव छ ।

२०६९ सालको कुरा । घोराहीमा लखन थापा कप फुटवल प्रतियोगितामा युएनविसीबाट खेल्दै गरेका गोपालले एउटै दुर्नामेन्टमा २४ गोल गरेर जिल्लामा पहिलो रेकर्ड बनाएका थिए । र एउटै म्याचमा १३ गोल गरेको रेकर्ड पनि गोपालसँग छ । मिलनचोक क्लवसँग भएको त्यो खेलमा गोपालले मात्रै १३ गोल गरेको बताउछन् ।


तर त्यो रेकर्ड आफैले तोडे । गत वर्ष घोराहीमा भएको मेयरकप फुटवल प्रतियोगितामा गोपालले वडा नं. १९ लाई १४ गोल गरेर यस अगाडीको एउटै म्याचमा १३ गोलको रेकर्ड तोडेका थिए भने होलम्याचमा १६ गोल गरे ।

२०७३ सालमा नारायणपुर कप फुटवल प्रतियोगितामा खेल्दै गर्दा दाईने खुट्टा भाँचिएको दुर्घटना पनि उनलाई फुटवलले दियो । कक्षा ९ पढ्दै गर्दा मध्यपश्चिम क्षेत्रबाट छनौट भएर राष्टूपति कप फुटवल खेल खेलेको गोपाललाई अहिले विस्तारै खेल क्षेत्रको विकास भएको महसुस गर्छन् । पहिले मैदानहरु थिएनन्, खेल खेल्ने वाताबरण पनि थिएन, खेल्नु भनेको समय बर्बाद गर्नु मात्र हैन पढाई र जीवन नै बर्बाद गर्नुको रुपमा लिने चलन थियो । तर अहिले त्यस्तो अहिले छैन ।

देशका विभिन्न शहरमा पुगेर फुटवल खेलेका गोपाल अब युएनविसीमै बसेर काम गर्ने योजना छ । प्रशिक्षक भएरै काम गर्ने सपना छ, र धेरै युवाहरुलाई फुटवलको ज्ञान बाड्ने योजना छ ।