सामुदायिक प्रहरी सेवा केन्द्र र नार्कोनन् नेपालको आयोजनामा दाङका १०० वडाका २०० जनप्रतिनीधिलाई एकै पटक लागुऔषध दुव्र्यशनिको विरुद्धमा प्रशिक्षण दिइएको छ । ‘लागु औषध दुव्र्यशन गरेको थाहापाउने आमा प्रशिक्षण कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रमको मुख्य प्रशिक्षकमा अन्र्तराष्ट्रिय नार्कोननका दक्षिण एसिया संयोजक बसन्तराज कुवर रहेका थिए ।
उनले महिला जनप्रतिनीधिहरुलाई लागु औषध खाएमा पर्न सक्ने असर, त्यसको प्रयोग गरेको के कसरी थाहा पाउने र आफ्नो घरमा त्यसलाई पस्न नदिनको लागि के गर्ने भन्ने जस्ता विषयमा जानकारी गराएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवम प्रतिनीधिसभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सामुदायिक पहरी सेवा केन्द्रका सचिव आरके शितलले गरेका थिए ।