समयमै उपचार नहुँदा सुुत्केरीको मृत्यु

दाङ ,फागुन १९ | समयमै उपचार हुुन नसक्दा एक सुत्केरी महिलाको ज्यान गएको छ । राजपुुर गाउँपालिका–७ लैबरुवा निवासी १८ वर्षीया शिवा केसीको उपचार अभावमा निधन भएको हो ।

Buddha International Hospital

Advertise with us

शनिबार बिहान घरमै सुुत्केरी हुुनुुभएकी केसीको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको उहाँका आफन्त झुपलाल केसीले जानकारी दिनभएको छ । केसीलाई उपचारका लागि घोराहीतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

अत्याधिक रक्तश्राव भएपछि नजिकैको गंगदी हेल्थपोष्टमा लागिएको र त्यहाँ उपचार सम्भव नभएपछि घोराहीतर्फ ल्याउँदै गर्दा ज्यान गएको श्रीमान कमान खत्रीले बताउनुुभयो ।घरमै सुत्केरी गराएको, उमेर सानै भएको र स्वास्थ्य संस्थामा ल्याउन ढिलाई गरेका कारण उहाँको निधन भएको राजपुुर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले बताउनुुभयो ।

बच्चाको स्वास्थ्य अवस्था राम्रै रहेको उहाँले बताउनुभयो । केही दिन अघि पनि भौवा नाकामा समयमै उपचार हुुन नसक्दा एक सुुत्केरी महिलाको ज्यान गएको थियो ।

Advertise with us