घोराहीमा बुटिक तालिम सुरु

Advertise with us

दाङ, फागुन  । महिलाहरुलाई बुटिक तालिम घोराहीमा सुरु भएको छ । दाङ सुचना तथा अध्ययन केन्द्रको आयोजना र घोराही उपमहानगरपालिका वडा नं. १६ को कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

Buddha International Hospital


Advertise with us
शनिबार एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको छ । दाङ सुचना तथा अध्ययन केन्द्रका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १६ का कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा सचिव नारायणप्रसाद शर्मा, वडा सदस्य खिमा घर्तीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले महिलाहरुको सशक्तिकरणका लागि सीप आवश्यक रहेको बताउनुभयो । महिलाहरुको विकासका लागि वडा कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको समेत उहाँले जानकारी दिनुभयो ।

२१ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा सर्मिला चौधरी रहनुभएको छ । तालिममा घोराही उपमहानगरपालिका वडा नं. १६ का महिलाहरु सहभागी रहेको केन्द्रले बताएको छ ।