राम्रीको बस लुटपाट र युवति अपहरणको अरोपमा केसी पक्राउ

तुलसीपुर, ६ मंसिर। अपहरण तथा लुटपाटका अभियुक्त पारस केसीलाई प्रहरीले पक्राउ गरेको छ । राम्रीमा बस लुटपाट र एक जना युवतीलाई अपहरण गरेको अभियोगमा घोराही उपमहानगरपालिका ५ निवासी केसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले बताउनुभयो ।

Buddha International Hospital

शुक्रबार बेलुका जिल्लाबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका ११ सुकौराबाट पक्राउ गरेको हो । केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरी निरिक्षक शर्माले बताउनुभयो । उनी विरुद्ध दर्जनौ केश परेका छन् ।

Advertise with us

Advertise with us