दाङमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि

दाङ, ६ मंसिर । दाङमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरका १४ जना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्य थप १३ जना र बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा १ जना गरी १४ जनाको रिर्पाट पोजेटिभ आएको हो ।

Buddha International Hospital

थप संक्रमण पुष्टि हुनेमा तुलसीपुर–५ का ३ जना, वडा नम्वर ६ का ४ जना, वडा नम्वर १२, १५, १८ र १९ का १÷१ जना र वडा नम्वर १७ का दुई जना रहेका छन् ।

Advertise with us

योसंगै तुलसीपुरमा कुल कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भइसकेको छ भने ४७८ जना संक्रमण मुक्त भइसकेका छन् । तुलसीपुरमा कोरोना सक्रिय संक्रमितको संख्या २०७ जना रहेको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

यसैबिच तुलसपुरमा एक जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर–१९ निवासी पौडेललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टि भएको हो । उहाँ घरकै आइसोलेसनमा रहेको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

यस्तै बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिका वडा नम्बर २ का दुई जना, राप्ती गाउँपालिका वडा नम्बर ७ का १ जना र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का १ जना रहेका छन् ।

Advertise with us