नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १३०५ पुग्यो

काठमाडौं, ६ मंसिर ।नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या  १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

Buddha International Hospital

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertise with us

नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ।

Advertise with us