प्लाज्मा पाएका ४९ जनामध्ये ३१ जना निको भए

दाङ, ६ मंसिर । बाँकेमा प्लाज्मा थेरापी पाएका ४९ जना कोरोना सङ्क्रमितमध्ये ३१ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा कोरोना जितेर हालसम्म ५० जना व्यक्तिले प्लाजामा थेरापीका लागि रक्तदान गरेका छन ।

Buddha International Hospital

भेरी अस्पतालमा ३८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ११ जनासहित प्लाज्मा पाएका ४९ जनामध्ये ३१ जना निको भए ४९ जना सङ्क्रमितले प्लाज्मा पाएका छन ।

Advertise with us

प्लाज्मा थेरापी पाएका ४९ जना सङ्क्रमितमध्ये भेरी अस्पतालमा २४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सात जना गरी ३१ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन भने भेरी अस्पतालमा १४ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना सहित १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लामा प्लाज्मा पाएर बिरामी निको हुने दर ६३ प्रतिशत छ भने प्लाज्मा पाएर पनि बिरामी मृत्यु हुने दर ३७ प्रतिशत रहेको जनाइएको छ ।

Advertise with us