घरघरमा पुगेर कोरोना नियन्त्रणका लागि जनचेतना फैलाउने


घोराही, ६ मंसिर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ ।

कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा आज काठमाण्डौमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताउनुभएको हो ।

Buddha International Hospital
Advertise with us

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँ गाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभएको छ । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्य माथि समेत बलियो आधार तयार हुने उहाँको भनाइ छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभइ जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराइ सङ्क्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ ।

Advertise with us