सौडियारमा निशुल्क स्वास्य शिविर हुने

घोराही, फागुन । घोराही ७ सौडियार स्थित न्यु मोडर्न एकेडेमिमा बृहत दन्त विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । विद्यालय सञ्चालक समितिको आज सौडियारमा बसेको बैठकले घोराहीस्थित सगरमाथा डेण्टल क्लिनीकको प्राविधिक सहयोगमा यहि फागुन २४ गते शुक्रवार विद्यालयमा दन्त विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय गरेको हो ।

Buddha International Hospital

Advertise with us

विद्यालय सञ्चालक समितिका अध्यक्ष रविन घिमिरेको अध्यक्षता एंव विद्यालयका निर्देशक छवि पुरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले विद्यालयका अभिभावक, विद्यार्थि, शिक्षक र स्थानिय समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय गरेको हो । बैठकले उक्त शिविरको भरपुर सदुपयोग गर्न भन्दै सहभागि हुन सबैमा आग्रह गरेको छ ।

बैठकले प्ले गु्रपमा भर्ना खुला गरेको र यसलाई अभियानकैरुपमा लैजाने निर्णय गरेको निर्देशक पुरीले बताउनु भयो । बैठकमा विद्यालयको पछिल्लो अवस्थाका वारेमा प्रीन्सिपल सुनिता सुवेदि घिमिरे र भाइस प्रीन्सिपल अनुजा शाहले जानकारी गराउनु भएको थियो । बैठकको सहजिकरण पत्रकार निशानदाजु भट्टराइले गर्नु भएको थियो ।