धारापानी महायज्ञ समापन, पौनो चार करोड संकलन, साढे पाँचलाखले गरे अवलोकन

Advertise with us

 

Buddha International Hospital

दाङ । पाण्डवेश्वर महादेव धारापानीको बृहत विकास, आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ सञ्चालित धार्मिक ज्ञान महायज्ञ शनिवार समापन गरिएको छ । यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालित महायज्ञको सातौं दिन समापन गरिएको हो ।

Advertise with us

महायज्ञमा करीव पौने चार करोड रुपैया“ संकलन भएको छ भने करीव साढे पा“चलाखले अवलोकन गरेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

पाण्डवेश्वर महादेव मन्दिरलाई धार्मिक धामका रुपमा विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको महायज्ञमा करीव पा“चलाख बढी दर्शनार्थी भिœयाउने र करीव पा“च करोड धनराशी संकलन गर्ने लक्ष राखिएको थियो । महायज्ञको सातौं दिन तुलादान, जग्गा दान, कवुलियत दान गरी एक करोड रुपैया“ संकलन भएको महायज्ञ मूल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । सात दिनसम्म सञ्चालन भएको महायज्ञमा करीव साढे पॉ“च लाख दर्शनार्थी र करीव पौने चार करोड रुपैयॉ“ संकलन भएको उहा“ले जानकारी दिनुभयो ।

महायज्ञ समापान कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा फष्टाउ“दै गइरहेको धारापानीलाई नमूना धार्मिकस्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो । जुन उत्साह दाताहरुले महायज्ञमा थपिदिएको उहा“को भनाइ थियो । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले धारापानीलाई धामका रुपमा विकास गर्न दाताहरुले राज्यलाई झक्झक्याइदिएको बताउनुभयो । जसको विकासका लागि राज्य पनि अग्रसर बन्न थालेको उहा“को भनाइ थियो ।

कार्यक्रममा कथा वाचक पण्डित दीनबन्धु पोख्रेलले बेद र बुद्धको देशलाई धार्मिक र संस्कारिकरुपमा पनि चिनाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा महायज्ञका निर्देशक अमरबहादुर डा“गी, उपनिर्देशक एवं जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, दाताहरुमध्येबाट नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र प्रदेश प्रहरी प्रमुख पीताम्बर अधिकारीलगायतले बोल्नुभएको थियो । महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष शंकर गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्दै महायज्ञ सफल बनाउन सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण निशान्त आचार्यले गर्नुभएको थियो ।

नागरिक अगुवाले गरे ५३ लाख दान

नागरिक समाज दाङका संयोजक एवं महायज्ञ मूल आयोजक समितिका उपनिर्देशक चन्द्रराज पन्तले सबैभन्दा बढी दान गर्नुभएको छ । पन्तले ५३ लाख बराबरको जग्गा दान गर्नुभएको हो । त्यस्तै घोराही–५ डोलगाउ“का स्व। द्रोणबहादुर खनालको स्मृतिमा श्रीमती मीता खनालले २१ लाख बराबरको जग्गा दान गर्नुभएको छ ।

त्यस्तै घोराही–१८ का मुमानसिंह खड्काले १७ लाख ५०, घोराही–३ का चिन्ताबहादुर ओलीले ११ लाख ५१ हजार, घोराही–६ का बालाराम बुढाले आठ लाख ४५ हजार, घोराही–१४ का प्रेमबहादुर ओलीले छ लाख ६६ हजार, घोराही–१५ का शंकर गौतमले छ लाख एक हजार, घोराही–१४ का गिरिराज खड्काले १० लाख एक हजार, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गणेशकुमार अधिकारीले पा“च लाख, ५५ हजार, महासचिव विष्णुराम आचार्यले पा“च लाख एक हजार, घोराही–६ का प्रेम नेपालीले ११ लाख ११ हजार, घोराही–१५ का त्रिभुवन केसीले सात लाख, सोनापुर सिमेन्ट प्रालिले पा“च लाख बराबरको पा“च सय बोरा सिमेन्ट र घोराही–१५ का श्रीधर महराले तीन लाख एक हजार रुपैया“ दान गर्नुभएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।