प्रियासनको ‘पुनरागमन’बाट प्रभावित भएर मुनाले शुरु गरिन उपन्यास लेखन

दाङ, ६ मंसिर । साहित्यकार सविन प्रियासन अहिले नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छन् । उनलाई अहिले कतिपयले ‘आँशु उपन्यासकार’ भनेर संवोधन गर्नेगर्छन । प्रियासनले एक वर्षको बीचमा आधा दर्जनभन्दा बढी उपन्यास निकालिसकेका छन् ।

Buddha International Hospital

नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष तथा प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका प्रियासनले अहिले पत्रकारिता र साहित्य क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका छन् । विशेष गरेर युवा पुस्ताका पाठकहरु माझ उनी निकै लोकप्रिय बन्न सफल भएका छन् । उनका फ्यानहरु पनि दिनप्रतिदिन बढिरहेका छन् ।

Advertise with us

ती मध्ये एक हुन घोराही उपमहानगरपालिका वडा नं ७ निवासी मुना खनला । उमेरले १७ वर्ष पूरा गरेकी मुना साहित्य क्षेत्रमा निकै रुची राख्छिन् । घोराही स्थित विद्यानिलकण्ठ कलेज कक्षा १२ मा अध्ययनरत मुना प्रियासनको लेखनिबाट निकै प्रभावित छिन् । उनले प्रियासनका सबैजसो उपन्यासहरु बढेकी छन् ।

अहिले उनै मुनाले प्रियासनको पुनरागमन उपन्यासबाट प्रभावित भएर आँफै उपन्यास लेख्न कस्सिएकी छन् । ‘मलाई पुनरागमले लेखनलाई निकै प्रेरणा दिएको छ, म प्रियासनको लेखनिबाट निकै प्रभावित भएको छु,’ उनले भनिन्, ‘म पनि भविष्यमा प्रियासन जस्तै सफल उपन्यासकार बन्न चाहन्छु ।’

अहिले मुनाले ‘स्मारिका’ नामको उपन्यास लेखिरहेकी छन् । उपन्यासको आधाभन्दा बढी लेखनि पूरा भइसकेको उनले जानकारी दिइन् । छिट्टै स्मारिका उपन्यास बजारमा ल्याउने उनको सोँच रहेको छ ।

Advertise with us