प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन

मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ ।

Buddha International Hospital

प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

Advertise with us

प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन् ।

फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ । उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन् । रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ ।

भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ ।

Advertise with us