मुक्तिनाथ विकास बैंकलाई युरोपियन माइक्रोफाइनान्स अवार्ड

दाङ, ५ मंसिर । मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । ३७ राष्ट्रका ७० वटा संस्थालाई पछाडि पार्दै मुक्तिनाथ विकास बैंकले ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत हुँदै १ लाख युरो अर्थात् नेपाली १ करोड ४० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

Buddha International Hospital

उक्त प्रतियोगीतामा नेपालको मुक्तिनाथ विकास बैंकसँगै वेनिन र ईथोपियाका १/१ ओटा लघुवित्त संस्थाहरु पुरस्कृत भएको गुरुङले जानकारी दिनुभयो । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई लक्षित गरी मुक्तिनाथ विकास बैंकले प्रदान गरेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिको सिफारिसमा पुरस्कृत गरिएको गुरुङले जानकारी दिनुभयो ।

Advertise with us

बैंकले मुलुकका ४२ जिल्लामा रहेका १ सय ३८ ओटा शाखाहरुमध्ये १ सय १८ ओटा शाखामार्फत् साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको भन्दै प्रमुख सूचना अधिकारी गुरुङले साना तथा लघु बैंकिङ्गअन्तर्गत् १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले बैंकले १७ अर्ब रुपियाँ लगानी गरिरहेको जानकारी दिनुभयो ।

Advertise with us