मालपोतका कर्मचारी तीन लाख ५० हजार घुससहित पक्राउ

दाङ, ५ मंसिर । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका दुई जना कर्मचारीलाई लाख ५० हजार बढी रकमसहित रंगेहात पक्राउ गरेको हो ।

 

Buddha International Hospital

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताउनुभयो ।

Advertise with us

 

यता मालपोत कार्यालय प्रमुख नरेशकुमार खड्काले कर्मचारी पक्राउ परेको आफुले पनि सुनेको तर को हो भन्ने एकिन जानकारी नभएको बताउनुभयो ।

Advertise with us