सल्यानमा मास्क कारवाही – हालसम्म दूई लाख राजश्व संकलन

दाङ, ५ मंसिर । सल्यान प्रहरीले मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई कारवाही जारी राखेको छ । कोरोना भाइरसको माहामारीवाट जोगाउन मास्कले महत्वपूर्ण भूमिका खेल्ने हुँदा प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई आर्थिक जरिवाना गर्दै आएको छ ।

अटेर गरि मास्क नलगाई हिड्ने हरेक व्यक्तिलाई प्रति व्यक्ति एक सय रुपैंया आर्थिक जरिवना गर्दा हालसम्म झन्डै दूई लाख राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

Buddha International Hospital

सल्यानमा प्रहरीले असार २७ गतेदेखि मास्क नलगाई हिड्नेहरुलाई आर्थिक जरिवाना थालेको सुरु गरेको थियो । त्यस पूर्व उस्ले मास्क लगाउन सार्वजनिक सूचना जारी गर्दै अटेरी गर्नेहरुलाई कारवाही गर्ने जानकारी पनि गराएको थियो ।

Advertise with us

Advertise with us