श्रम स्वीकृति लिनेमा नयाँ नगण्य, पुराना धेरै

दाङ, ४ मंसिर । कोरोना भाइरसको महामारी बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । गएको असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ देखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भए यता झन्डै २० हजारले श्रम स्वीकृति लिएका छन । जसमा करिब १९ हजार सात सय पुनः श्रम स्वीकृति लिने र झन्डै ३ सय जना नयाँ श्रम स्वीकृति लिनेको रहेको विभागले जनाएको छ । नेपाल र श्रम गन्तव्य देशमा कोभिड–१९ का महामारीका कारण स्वास्थ्य जोखिम बढेपछि गत फागुन २९ बाट रोकिएको श्रम स्वीकृति गत असार १८ देखि पुनः श्रम स्वीकृति खुला गरिएको थियो भने गत भदौ १४ देखि नयाँ श्रम स्वीकृति दिन खुला गरेर श्रम स्वीकृति दिन थालिएको हो ।

Buddha International Hospital

 

Advertise with us

विभागले रोजगारदाता कम्पनीले श्रमिक लिने र सम्झौता अनुसारको सेवा सुविधा दिने प्रतिबद्धता पत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ ।

Advertise with us