कोभिडले खायो बैंकहरुको नाफा, उठेन ब्याज, बढ्यो व्यापार

 

Buddha International Hospital

काठमाडौं। सञ्चालनमा रहेका २७ मध्ये २० वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा घटेको छ। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण (साउनदेखि असोज मसान्तसम्मको) अनुसार वितरणयोग्य नाफा घटेको देखिएको हो।

Advertise with us

औसतमा बैंकहरुको वितरणयोग्य नाफा ५४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको असोजमा ८ अर्ब २६ करोड यस्तो नाफा रहेको बैंकहरुको यो रकम यसपालि ३ अर्ब ७६ करोड रुपैयाँ मात्र छ। असारमा यो ३२ अर्ब १९ करोड थियो।

कोभिडका कारण व्यापार व्यवसाय चल्न सकेका छैनन्। धेरैभन्दा धेरै व्यवसायलाई राष्ट्र बैंकले ऋण तिर्ने समय थप गरिदिएको छ। यस कारण बैंकहरुको ब्याज उठ्तिमा समस्या भएर नापा प्रभावित भएको हो।

नाफा घटेसँगै बैंकहरुले सरकारलाई तिर्ने आय कर पनि प्रभावित भएको छ। अघिल्लो असोजमा ६ अर्ब ५६ करोड रुपैयाँ छुट्याएका बैकले यसपाली ६ अर्ब ६ करोड रुपैयाँ छुट्याएका छन्। यो भनेको ४८ करोडको अन्तर हो।

बैंकहरुको कर पछिको खुद नाफा पनि साढे ६ प्रतिशतले घटेको छ। अघिल्लो असोजमा बैंकहरुको खुद नाफा १५ अर्ब ६२ करोड थियो। यसपाली १४ अर्ब ६० करोडमा खुम्चिएको छ। गत आर्थिक बर्षभरी बैंकहरुले ५४ अर्ब ३१ करोड खुद नाफा गरेका थिए।

२७ वटामा ८ वटा बैंकको मात्र खुद मुनाफा बढेको छ। सर्वाधिक खुद नाफा बढ्नेमा एनएमबि छ। बैंकको १७० प्रतिशतले नाफा बढेको छ। यसपछि प्राइमको ५४ प्रतिशत, कुमारीको ५० प्रतिशत, सिटिजन्सको ४८ प्रतिशत, नेपाल बंगलादेश बैंकको ४२ प्रतिशत, मेगाको ३९ प्रतिशत, प्रभुको ३५ प्रतिशत र एनआईसी एसियाको एक प्रतिशतले बढेको छ। बाँकी सबैको घट्को छ।

सर्वाधिक घट्नेमा नेपाल एसबीआई, एभरेष्ट, हिमालयन, सेञ्चुरी, सिभिल बैंक छन्।

यद्यपि रकमका हिसाबले सबैभन्दा बढि नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। जनता बैंकसँगको मर्जरको फाइदा बैंकलाई भएको हो। बैंकले एक अर्ब ५ करोड नाफा गरेको छ। अर्बमाथि नाफा गर्नेमा ग्लोबल आईएमईसँगै अरु तीन बैंक छन्।

दोस्रोमा नबिल बैंकले एक अर्ब ३ करोड, एनआइसी एसियाले एक अर्ब २ करोड र प्राइमले एक अर्ब एक करोड नाफा गरेको छ। प्राइमलाई पनि मर्जरले माथि उकासेको हो। घाटामानै भने कुनै पनि बैंक गएका छैनन्। रकमका हिसाबले सबैभन्दा कम नाफा सिभिलको छ। सिभिलको ९ करोड ६६ लाख रुपैयाँ मात्र नाफा छ।

एक बर्षको बीचमा बैकहरुको ब्यापार निक्कै बढेको छ। तर ब्याज आम्दानी भने बढ्न सकेन। बैंकहरुले पोहोरको भन्दा कम अर्थात ३३ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेकोमा यसपाली ३२ अर्ब १४ करोड रुपैयाँ मात्र आम्दानी गरेका छन्।

जबकी ब्यापार २६ खर्ब १९ अर्बबाट बढेर ३० खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको निक्षेप पनि ३० खर्बबाट ३६ खर्ब ७२ अर्बमा उक्लिएको छ।

बैंकहरुको खुद नाफा (रु. हजारमा)

बैंक

 २०७७ असोज

 २०७७ असार

 २०७६ चैत

 २०७६ पुस

 २०७६ असोज

Global IME   1,058,840   3,088,042   2,702,615   1,685,908   1,120,065
Nabil   1,035,711   3,566,672   3,158,685   2,041,862   1,123,586
NIC Asia   1,021,009   3,121,488   2,502,498   2,016,226   1,009,605
Prime   1,017,635   2,292,803   2,030,675   1,300,787      659,768
Prabhu      850,014   1,366,976   1,464,163   1,085,776      628,467
Rastriya Banijya Bank      829,246   4,452,534   3,036,293   2,209,482   1,127,537
NMB      732,970   2,270,669   1,883,283   1,636,077      271,846
Nepal Investment      623,813   2,571,651   2,495,528   1,666,112      844,421
Mega      607,904   1,520,593   1,451,090      950,205      437,408
Kumari      602,543   1,226,559   1,012,714      803,011      401,989
Nepal Bangladesh      571,182   1,244,580   1,005,010      807,778      402,521
Nepal Bank      550,419   2,556,439   1,996,583   1,352,397      581,824
Citizens      515,591   1,116,040   1,091,245      687,701      349,169
Siddhartha      500,640   2,092,771   1,339,983   1,026,549      521,439
Agricultural Dev      461,469   3,468,032   2,040,024   1,581,727      599,024
Standard Chartered      401,370   1,983,925   1,802,594   1,226,913      644,112
Sunrise      382,977   1,392,878      935,283      944,388      454,367
Sanima      373,255   1,703,374   1,618,722   1,147,465      593,602
Himalayan      365,914   2,542,588   2,317,114   1,742,406      694,222
Machhapuchchre      360,909   1,252,043   1,166,856      821,850      376,005
Everest      334,764   2,499,994   2,352,655   1,509,830      690,868
Nepal Credit & Commerce      334,586   1,130,985   1,165,889      756,349      340,343
Laxmi      312,373   1,484,789   1,089,978      903,029      401,946
Bank of Kathmandu      241,406   1,475,569      873,493      883,817      383,725
Century      220,259      906,324      915,778      650,287      370,815
Nepal SBI      200,502   1,530,780   1,438,211   1,000,752      437,231
Civil       96,680      457,000      360,535      316,247      158,948

 

Advertise with us