विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० सम्म रोक लगाउने निर्णय

घोराही, ४ कार्तिक । विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरात सम्म रोक लगाईएको छ । सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुला सिमा नाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो ।

 

Buddha International Hospital

तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्ने जनाइएको छ । अध्यागमन विभागका अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ ।

Advertise with us

 

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेश स्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने जनाइएको छ ।

Advertise with us