बालविवाह न्यूनिकरण गर्न महिला जेसिजको सचेतना

Advertise with us

घोराही, फागुन १८ । वालविवाह कानुन विपरितको अपराधिक कार्य भएकाले वालविवाह गर्ने जोसुकैलाइ पनि कानुनी कारवाही हुने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् ।

Buddha International Hospital

Advertise with us

दाङ महिला जेसिजको आयोजनामा घोराही उपमहानगरपालिका वर्डा नं. १४ ट्राफिक टोलको खोलीगाउँमा वालविवाह न्युनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले २० वर्ष मुनिको विवाहलाई कानुनले अपराध मानेकोले वालविवाह गर्ने जो सुकैलाइ पनि कानुनी कारवाही हुने भएकाले कानुन विपरितको कार्य कही कतैवाट पनि हुन नहुने वताएका छन् ।

वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्नेमा सहभागीले वताएका छन् । वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्नेमा सहभागीले वताएका छन् । वालविवाहले वालवालिकाको शारीरीक, मानसीक र संवेगात्मक विकासमा असर पु¥याउने र यसको दिर्घकालिन असर वालवालिकाको व्यक्तित्व र समाजमा तथा देशविकासमा समेत पर्ने भएकाले यसको अन्त्यका लागि सवै एक हुनुपर्नेमा जोड दिएका छन् ।

दाङ महिला जेसिजका अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङ महिला जेसिजका पुर्वअध्यक्ष निरजा पोख्रेल, सहभागी राधिका विक, ट्राफीक चोकटोल विकास संस्थाका अध्यक्ष रचना कुमाल लगाएतले आआफनो विचार राख्नुभएको थियो । कार्यक्रमको प्रमुख प्रशिक्षकमा रेडियो स्र्वगद्धारीका समाचार सम्पादक वसुन्धरा गौतम र प्रशिक्षकमा दाङ महिला जेसिजका पुर्व अध्यक्ष विमला शर्माले वालविवाह यसले पार्ने असर कानुनी कारवाही र यसको न्युनिकरणमा सरोकारवालाको भुमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

सुनिता अधिकारीले आस्था पाठ गर्नुभएको कार्यक्रममा संयोजक सुनिता थापाले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दाङ महिला जेसिजका कार्यकारी उपाध्यक्ष जिवा भुसालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गर्नुभएको थियो ।