विश्व शौचालय दिवस आज

घोराही, ४ मंसिर । आज विश्व शौचालय दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँएको छ । शौचालय वा सरसफाई अभावले मानिसको जीवनयापनमा र्पुयाउने असरमा केन्द्रित गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

Buddha International Hospital

 

Advertise with us

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि करिब दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर विश्वमा हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

 

घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

Advertise with us