गजल अभियान दाङले गायक योगी र गजलकार गौतमलाई सम्मान गर्ने

दाङ, ४ मंसिर ।  गजल अभियान दाङले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार र सम्मान यो बर्षपनि प्रदान गर्ने निर्णय गरेको छ । यो वर्ष ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार गजलकार सुशील गौतमलाई र पानसरी मनविर गजल संगीत पुरस्कार गायक शिशिर योगीलाई प्रदान गर्ने भएको छ ।

Buddha International Hospital

 

Advertise with us

संस्थागत सम्मान तर्फ साहित्यिक संस्था प्रगतिशिल लेखक संघ दाङलाई सम्मान गरिने भएको छ । गजल अभियान दाङको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार र सम्मान छनौट समितिका संयोजक संगीतकार तथा गजल अभियान दाङका सल्लाहकार सन्तोष श्रेष्ठ र छनौट समिति सदस्य तथा सल्लाहकार द्वय छविलाल कोपिला र दीपक शर्मा समिरले पुरस्कार प्रदान गर्ने श्रष्टाको छनोट गर्नुभएको हो ।

 

गजल अभियान दाङका अध्यक्ष प्रबल बिष्टले छिट्टै बैठक गरेर पुरस्कार वितरणको मिति तय गरिने बताउनुभएको छ ।

Advertise with us