बिबादित लखन कपको फाईनल फागुन २५ मा हुने

Advertise with us

घोराही, फागुन १८ । बिबादका कारण स्थगित भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २५ गते शनिबार हुने निर्णय भएको छ ।

Buddha International Hospital

Advertise with us

फुटबल प्रतियोगिता आयोजक नेपाल मगर संघ दाङको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल मगर संघका पदाधिकारी, सल्लाहकारहरुको बैठकले फागुन २५ गते दिउसो १२ बजेदेखि फाइनल खेल खेलाउने निर्णय गरेको हो । बैठकले बिबादित बनेको खेललाई पुनः सुरुबाट खेलाउने निर्णय गरेको छ ।

नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लखन कपको फाइनलमा घोराहीका युएनबिसी एकेडेमी र बडहरा युबा क्लब पुगेका छन् ।

शुक्रबार पहिलो हाफको खेल भइरहेको समयमा बिबाद भएको थियो । बिबादित बनेको खेल स्थगीत भएपछि आयोजक सस्था नेपाल मगर संघले प्रतियोगिता सञ्चालनका लागि शनिबार घोराहीमा बैठक बसेर यस्तो निर्णय गरेको छ ।