यम बरालको ‘जवानी ताजा ताजा छ’ ( भिडियो )

हिन्दू नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Buddha International Hospital

रोमाण्टिक शैलीको यो गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले गीतलाई संगीतवद्द गरेका हुन् साथै गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ ।

Advertise with us

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन्।

रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

Advertise with us