जिप दुर्घटनामा दुईको मृत्यु

Advertise with us

दाङ, फागुन १६ । दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाहिरी संग्राममा दुधरासबाट चिल्लीकोट तर्फ जादै गरेको लु १ च ५९१२ नम्बरको जिप सडकबाट खस्दा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो ।

Buddha International Hospital

Advertise with us

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १९ बासगढी बस्ने ३५ बर्षिय चालक लालबहादुर रावत र तुलसीपुर १९ छिल्लीकोट बस्ने ५५ वर्षिय अम्बरबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तिले बताउनुभयो । घाईते ५ जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताउनुभयो ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट बस्ने ४४ वर्षीय कर्ण खड्का, सोही ठाउँ निवासी १६ वर्षीय लिलाबहादुर खड्का, घोराही उपमहानगरपालिका १५ वर्षीय २२ की सपना सिंह ठकुरी, उहाको छोरा संदिप सिंह ठकुरी र छोरा १ महिनाको सुजल सिंह ठकुरी घाईते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।