फाइनलमा युएनविसी र बडहराको महासंग्राम

घोराही १६ फागुन । घोराहीमा भैरहेको प्रथम शहिद लखन थापा रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा युएनविसी एकेडमी र बडहरा युवा क्लब भिड्ने भएका छन । लखन कपमा २३ वटा क्लबको सहभागिता रहेको थियो।

Buddha International Hospital

Advertise with us

पहिलो चरणको खेलमा ११ वटा क्लब खेलदेखि बाहिरिएका थिए भने दोश्रो चरणको खेलमा १२ क्लब भिडेका थिए ,जसमध्य ८ वटा क्लब बाहिरिए संगै बांकी ४ वटा युएनविसी एकेडमी ,बडहरा युवा क्लब,जागरुक एकता युवा क्लब र अटल युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सेमिफाइनल खेलमा बडहरा युवा क्लबले अटल युवा क्लबलाई ३ को बिरुद्द ५ गोल गरी फाइनल खेलमा प्रवेश गरेको छ भने जागरुक एकता युवा क्लबलाई १ को बिरुद्द २ गोलगरी युएनविसी फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा बडहरा युवा क्लब र युएनविसी एकेडमी बीच प्रतिष्पर्धा हुने छ ।

त्यसैगरी लखन कप प्रतियोगितामा प्रथम हुने क्लबलाई १ लाख ११ हजार १ सय ११ नगद,कप, मेडल, प्रमाणपत्र र दोश्रो हुने क्लबलाई ५५ हजार ५ सय ५५ नगद ,कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन । यस्तै सेमिफाइनलमा पुगेका फुटबल टिमले १५ हजार र प्रमाण पत्र प्राप्त गर्ने जनाएको छ ।

Advertise with us