दाङमा ११ बर्षीया बालिका करणी अभियोगमा एक युवक पक्राउ

बुधबार, फाल्गुण १५ | प्रहरीले ११ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । दाङको घोराही उपमाहानगरपालिका वडा नं. १८ अम्वापुर निवासी ३१ बर्षीय सुनिल थापालाई ११ बर्षीया बालिका जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

मादक पदार्थ सेवन गरेका अभियुक्त थापाले फागुन १३ गते विहान ४ बजेको समयमा ती बालिकालाई जवरजस्ती करणी गरेको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीले पीडितको जाहेरीका आधारमा थापालाई पक्राउ गरि करणी सम्वन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाइएको जानकारी दिए ।

Advertise with us